सुन आयातामा राष्ट्र बैंकको कडाई, अब दैनिक १० किलो मात्रै ! « Arthapath.com
२२ फाल्गुन २०७८, आईतवार

सुन आयातामा राष्ट्र बैंकको कडाई, अब दैनिक १० किलो मात्रै !



काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातित बस्तुमा झनै कडाई गर्न थालेको छ । पछिल्लो समय विश्वव्यापी रुपमा सुनको मूल्य बढिरहेका बेला राष्ट्र बैंकले झन कडाई गरेको हो । सुनको मूल्य १ लाख रुपैयाँ भन्दा बढी भएका बेलामा आयातमा कडाई गरेको हो ।

राष्ट्र बैंकले आइतबारएक परिपत्र जारी गर्दै सुनमा कडाई गरेको हो । राष्ट्र बैंकले अब दैनिक १० किलो मात्रै सुन आयात गर्न सकिने व्यवस्था गरेको हो । यसअघि दैनिक २० किलो आयात गर्न सकिने ब्यवस्था थियो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा ४ ९क० लाई देहायबमोजिम संशोधन गरेको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्