सस्तो ब्याजमा १ करोड रुपैयाँभन्दा बढी ऋण लिने २ हजार ५५ जना (सूची सहित)

काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा सहुलियत कर्जा लिनेको संख्या २ हजार भन्दा बढी रहेका छन् । ब्याज अनुदानको सहुलियत कर्जा १ करोडभन्दा धेरै लिनेको संख्या माघसम्म २ हजार ५५ पुगेका हुन् । बैंक तथा वित्तीय संस्था र लघुवित्तमार्फत ऋणीले १ करोडभन्दा बढीका दरले सस्तो ब्याजदरको कर्जा सुविधा लिएका हुन् ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघसम्म १ लाख ४२ हजार ३४४ जनाले सहुलियत ब्याजको कर्जा सुविधा लिएका छन् । जसमा २ हजार ५५ जनाले १ करोड भन्दा बढी रकमको कर्जा लिएको छन् ।
सहुलियत कर्जा कार्यक्रम अन्तर्गत गत माघसम्म कुल २ खर्ब ५० अर्ब १४ करोड ४४ लाख ४५ हजार रुपैयाँ बराबर रकम स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये २ खर्ब १४ अर्ब ७८ करोड १० लाख ८५ हजार रुपैयाँ बाँकी कर्जा रहेको छ ।