नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंकबीच सम्झौता « Arthapath.com
१० चैत्र २०७८, बिहीबार

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंकबीच सम्झौता



काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंकबीच चैत ७ गते सहकार्य गर्ने सम्झौता भएको छ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले अपरेशनल रिस्क मेनेजमेन्ट सफ्टवेयर उपलब्ध गराउने छ ।

यो सफ्टवेयरले तथ्याङ्कहरुको आन्तरीक नोक्सानीहरुको सूचना उपलब्ध गराउन मद्वत गर्ने साथै बैंकमा हुन सक्ने महत्वपूर्ण जोखिम संकेत र तिनीहरुको नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न सहजीकरण गर्नेछ ।

यो सफ्टवेयरले बासेल–३ बमोजिमका संचालन जोखिमहरुलाई नियन्त्रण गरी व्यवस्थापन गर्दछ ।

यो सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका थिए ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खालिङ्गले ल्द्यक्ष् ले यस्ता किसिमका बैंकिङ्ग व्यवस्थालाई मजबुत र सुरक्षित गराउने उपयोगी औजारहरुको खोज र विकास गरि सहयोग गर्ने विश्वास र शूभकामना व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्