राष्ट्र बैंकको कार्यबाहक गभर्नरमा डा. निलम बनिन् पहिलो महिला « Arthapath.com
७ असार २०८३, आइतबार

राष्ट्र बैंकको कार्यबाहक गभर्नरमा डा. निलम बनिन् पहिलो महिला



काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यबाहक जिम्मेवारी डेपुटी गभर्नर निलम तिम्सिना ढुंगानालाई दिएको छ । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिईएको हो ।

ढुंगानाले २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेकी हुन् । व्यवस्थापनमा विद्यावारिधी गरेकी तिम्सिना २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी थिईन् ।

तत्कालिन केपी शर्मा ओलीको सरकारले २०७७ साल फागुनमा तिम्सिनालाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो ।

डेपुटी गभर्नर बन्नु अघि ढुंगाना तेश्रो नम्बरकी कार्यकारी निर्देशकका रुपमा सार्वजनिक ऋण व्यवस्थापन विभागको प्रमुख थिइन् । ढुंगाना नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलो महिला डेपुटी गभर्नर हुन् भने कार्यबाहक डेपुटी गभर्नर बन्ने पहिलो महिला पनि बनेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्