अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने, निजी गाडी, मोबाइल, रक्सी, चुरोट लगायतका वस्तुमा रोक « Arthapath.com
३ असार २०८२, मंगलबार

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने, निजी गाडी, मोबाइल, रक्सी, चुरोट लगायतका वस्तुमा रोक



काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको छ । आइतबार बसेको बैंकर्स संघको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकर्स संघका अनुसार अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरिएको हो । नेपाल राष्ट्र बैंकले केही दिन अगाडि अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्न निर्देशन दिएको थियो । सोही निर्देशन वमोजिम बैंकर्स संघले पनि यस्तो निर्णय गरेको हो ।

अर्थतन्त्र समस्यामा परेको बेला एलसी नखोल्ने निर्णय गरेकाले सरकालाई पनि सहयोग पुग्ने बैंकर्स संघको बुझाई छ । अब निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्यूम, मोबाइललगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएको हो ।

संघको अर्को बैठकले निर्णय नगर्दासम्मका लागि निजी गाडी, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामाग्री, पफ्र्युम, मोबाइललगायत सामाग्री आयातका लागि एलसी नखोल्ने निर्णय भएको बैंकर्स संघको बैठकमा पस्थित एक सीईओले जानकारी दिए ।

राष्ट्र बैंकको निर्देशनपछि गत साता नै गाडी लगायत कम आवश्यक र विलासिता वस्तुका लागि एलसी नखोल्न आफ्ना शाखाहरुलाई निर्देशन दिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्