एनएमबि बैंकको नयाँ बर्षमा महा छुट योजना

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको २० हजार रुपैयाँको खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा २ हजार रुपैयाँको क्यासब्याक पाइने छ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने बैंकले जनाएको छ ।
अब एनएमबिका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा अच्चमको अफर
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीद गर्दा १० प्रतिशत वा १ हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा १ हजार ५ सय रुपैयाँसम्म छुट पाउन सक्ने छन् । यो योजना चैत्र २८ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने बैंकले जनाएको छ ।
इएनएमबि फोन पे स्क्यान टु पे गज्जबको अफर
एनएमबि बैंकको ग्राहक महानुभावहरुले इएनएमबि एप बाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १० प्रतिशत वा १ सय रुपैयाँसम्मको क्यास ब्याक पाउनुको साथै हेलीकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउन सकिने बैंकले जनाएको छ । उक्त छुट प्रप्त गर्नको लागि ग्राहक महानुभावहरुले आफ्नो इएनएमबि एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने छ ।
एनएमबिका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट सामान खरिद गर्दा पहिले भन्दा धेरै सस्तो
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा २ हजार रुपैयाँसम्म छुट पाउन सकिन्छ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द बैंकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।