एनआईसी एशिया लघुवित्तको चमत्कारिक फड्को नाफासँगै ईपीएस पनि बढ्यो, ब्याज आम्दानी १.१० अर्ब

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ११.९८ प्रतिशत बढेर ४७ करोड ८४ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४२ करोड ७२ लाख ०४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १९ प्रतिशत बढेर १ अर्ब १० करोड ६५ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तको सञ्चान नाफा ७५ करोड ९२ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष ६४.९२ प्रतिशत बढेर १ अर्ब ३१ करोड १६ लाख ६९ हजार रुपैयाँ, सापटि रकम २७.०१ प्रतिशत बढेर १७ अर्ब ३९ करोड ११ लाख ३२ हजार रुपैयाँ, निक्षेप २०.६८ प्रतिशत बढेर ३ अर्ब ३३ करोड ८२ लाख २० हजार रुपैयाँ र कर्जा ४४.७७ प्रतिशत बढेर २२ अर्ब ९९ करोड ७१ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १६ पैसा बढेर ३६ रुपैयाँ ९१ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७५ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७५.४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.०९ गुणा रहेको छ । लघुवित्तको निष्कृय कर्जा १.४६ प्रतिशतमा झरेको छ ।
