राष्ट्र बैंकको निष्कर्षः नेपालमा १५ भन्दा बढी वाणिज्य बैंक आवश्यक छैन् « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

राष्ट्र बैंकको निष्कर्षः नेपालमा १५ भन्दा बढी वाणिज्य बैंक आवश्यक छैन्



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा वाणिज्य बैंकहरूको संख्या १५ वटाभन्दा बढी आवश्यक नभएको निष्कर्ष निकालेको छ । राष्ट्र बैंकको एक अध्ययनले यस्तो देखाएको हो ।

नेपाल राष्ट्र बैंकले नेपालमा कति वटा वाणिज्य बैंक आवश्यक हुन्छ भनेर एक सर्वेक्षण नै गरेको थियो । बैंक तथा वित्तीय संस्थाका सीईओ, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा राष्ट्र बैंकले उक्त सर्वेक्षण गरेको हो । 

उक्त सर्वेक्षणमा ५० प्रतिशतभन्दा धेरैले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक आवश्यक रहेको सुझाव दिएका छन् । उनीहरूले अहिलेको अवस्थामा नेपालमा १५ वटा भन्दा धेरै वाणिज्य बैंक नचाहिने राय दिएका हुन् ।

त्यस्तै ५ प्रतिशतले ५ देखि १० वटा बैंक हुनुपर्ने सुझाव दिएका छन् । यता १५ प्रतिशतले १६ देखि २० वटा बैंक चाहिने बताएका छन् भने बाँकीले २० देखि २५ बैंक हुनुपर्ने सुझाव दिएका छन् । 

सर्वेमा सहभागीमध्ये ५७ प्रतिशतले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्नेमा बताएका छन् भने २० प्रतिशतले फोर्स मर्जर गर्नुपर्ने बताएका छन् । ६१ प्रतिशतले मर्जरले कमजोर र बलिया बैंक तथा वित्तीय संस्थाविच मर्जर गर्नुपर्नेमा जोड दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्