साधना लघुवित्तको नाफा २१.६१ प्रतिशत बढ्यो, ईपीएस कति छ ? « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

साधना लघुवित्तको नाफा २१.६१ प्रतिशत बढ्यो, ईपीएस कति छ ?



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २१.६१ प्रतिशत बढेर ९ करोड २२ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ३७.२१ प्रतिशत बढेर २१ करोड ८९ लाख ६१ हजार रुपैयाँ अर्जान गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ९५ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३५.०३ प्रतिशत बढेर १२ करोठ ७२ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेर ३२ करोड १२ लाख २५ हजार रुपैयाँ, जगेडा कोष ६२.३५ प्रतिशत बढेर १५ करोड २७ लाख ५४ हजार रुपैयाँ, सापटी रकम ४२.२५ प्रतिशत बढेर ३ अर्ब ७८ करोड १६ लाख ६५ हजार रुपैयाँ, निक्षेप ६३.२३ प्रतिशत बढेर १ अर्ब २७ करोड १० लाख ९८ हजार रुपैयाँ र कर्जा ७५.९६ प्रतिशत बढेर ५ अर्ब ४० करोड ७१ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७ पैसा घटेर ३८ रुपैयाँ २७ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्