शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक, १५ वाणिज्य बैंकमा निरीक्षण « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक, १५ वाणिज्य बैंकमा निरीक्षण



काठमाडौं । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबार सूक्ष्म अध्ययन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्म १ हजार ५५६ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ । उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको हो ।

त्यस्तै राष्ट्र बैंकले उक्त अवधिमा सरकारको कूल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रहेको जनाएको छ । राष्ट्र बैंकका अनुसार हालसम्म २९ अर्ब २४ करोड ६७ लाख बराबरको आन्तरिक ऋण भुक्तानी गरेको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरीवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्