आँधिखोला लघुवित्तको नाफा १९.८६ प्रतिशतसँगै ईपीएस पनि बढ्यो, कुन कूचक कस्ता छन् ? « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

आँधिखोला लघुवित्तको नाफा १९.८६ प्रतिशतसँगै ईपीएस पनि बढ्यो, कुन कूचक कस्ता छन् ?



काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १९.८६ प्रतिशत बढेर ३ करोड ४८ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड ९० लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ७.४६ प्रतिशत बढेर ५ करोड ९९ लाख ३८ हजार रुपैयाँ आअर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ५७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा १८.३१ प्रतिशत बढेर ४ करोड ४७ लाख ८० हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ, जगेडा कोष ३६.९५ प्रतिशत बढेर ९ करोड ५५ लाख ४८ हजार रुपैयाँ, सापटि रकम २३.०७ प्रतिशत बढेर ६९ करोड ४५ लाख ८९ हजार रुपैयाँ, निक्षेप संकलन २३.७७ प्रतिशत बढेर ४५ करोड २० लाख ३३ हजार रुपैयाँ र कर्जा २८.३९ प्रतिशत बढेर १ अर्ब ३३ करोड ७१ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७० पैसा बढेर ४६ रुपैयाँ ४४ पैसा रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १०.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्