एनसीसी बैंक अवकाश कोषको ७६ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२१ बैशाख २०७९, बुधबार

एनसीसी बैंक अवकाश कोषको ७६ प्रतिशत लाभांश घोषणा



काठमाडौं । एनसीसी बैंकको अवकाश कोषले ७६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । एनसीसी बैंकले अवकाश कोषद्वारा संचिति बचतको ७६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

बैंक अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृति लिई १९ बर्षदेखि छुट्टै यनिटको रुपमा सञ्चालित एनसीसी बैंक अवकाश कोषले देशभर रहेका आफ्ना १३९ शाखाहरु मार्फत संचय कोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगायतका अन्य कोषहरुको खाता खोल्ने, संचित बचतको ९० प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरुको संचित कोष रकम फिर्ता भुक्तानी जस्ता कार्यहर गर्दै आएको छ ।

यस कोषले गत २०७८ अषाढ मसान्तसम्मको संचित बचतबाट ७६ प्रतिशत रकम जम्मा ३ करोड ७९ लाख ५० हजार ३९४ रुपैयाँ अवकाश कोषमा सहभागी कर्मचारीहरुलाई सोहि अवधिको संचित कोषमा रहेको मौज्जातको १ प्रतिशत लाभांश रकम निजहरुको सम्वन्धित खातामा जम्मा गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्