नेप्सेमा प्रतिकित्ता १ हजार रुपैयाँ दरका साढे ८ लाख कित्ता शेयर सूचीकृत « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

नेप्सेमा प्रतिकित्ता १ हजार रुपैयाँ दरका साढे ८ लाख कित्ता शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा एक बैंकको ऋणपत्र सूचीकृत भएको छ । बिहीबार एभरेष्ट बैंकको ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले ८.५ प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक ऋणपत्र २०८६’ नामक ८ बर्षे अवधिको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो

एभरेष्ट बैंकले माघ ३ गते, सोमबारदेखि माघ १७ गतेसम्म ८.५ प्रतिशत ब्याजदरमा ८ वर्ष समय अवधि रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन गरेको थियो ।

बैैंकले प्रक्तिकित्ता १ हजार रुपैयाँ अंकित २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमा ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको थियो । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्