एफपीओ निष्काशनको तयारीमा रहेको यूनिक नेपाल लघुवित्तको नाफा ७ करोड २७ हजार, अन्य सूचक कस्तो ? « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

एफपीओ निष्काशनको तयारीमा रहेको यूनिक नेपाल लघुवित्तको नाफा ७ करोड २७ हजार, अन्य सूचक कस्तो ?



काठमाडौं । यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुदा नाफा घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ८.४९ प्रतिशतले घटेर ७ करोड २७ लाख १४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ७ करोड ९४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.३४ प्रतिशतले बढेर २० करोड ६२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधि कम्पनीको खुद ब्याज आम्दानी १८ करोड ६९ लाख रुपैयाँमा सिमित रहेको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड ९४ लाख रुपैयाँ संचालन नोक्सानमा रहेको लघवित्त चालु आर्थिक वर्षको सोही अवधिमा १० करोड २७ लाख रुपैयाँ संचालक नाफामा कमाएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ११ अर्ब ६ करोड ३२ लाख रुपैयाँ, जगेडा ३०.३४ प्रतिशतले बढेर २४ करोड ९६ लाख ७६ हजार रुपैयाँ, निक्षेप संकलन १७.१३ प्रतिशतले बढेर २ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ, कर्जा लगानी २९.३४ प्रतिशतले बढेर ३ अर्ब ९५ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले एफपीओ निष्कासन गर्ने तयारी गरि रहेको छ । कम्पनी प्रतिकित्ता १०० रुपैयाँ मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । एफपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा २०७८ चैत १७ गते निवेदन दिइसकेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्