महुली लघुवित्तको २६ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा « Arthapath.com
२६ बैशाख २०७९, सोमबार

महुली लघुवित्तको २६ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सोमवारदेखि वितरण गर्न शुरु गरेको छ । कम्पनीले गत पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात् कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको हो । साविकको नव किरण लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न भई २०७७ मंसिर ८ गतेदेखि एकिकृत कारोबार शुरु भएको थियो ।

उक्त मितिदेखि दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको छ । तर उक्त मिति पश्चात शेयर धारण गरेका शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर वापतको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

सम्बन्धित शेयरधनीहरुले बोनस शेयरको कर बापतको रकम कम्पनीको सनराइज बैंक लिमिटेड, कमलपोखरी, काठमाडौंमा रहेको एसआरसिएल महुली बोनस ट्याक्स ७७.७८ नाममा रहेको खाता नम्बर ०६९०३७१११४७०१०२४ मा जम्मा गर्न बैंकले भनेको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्