एक सातामा बैंकहरुमा ५ अर्ब ८७ करोड निक्षेप थपियो, कर्जा प्रवाह घट्दा सीडी रेसियो कति ?

काठमाडौं । एक सातामा वाणिज्य बैकहरुले ५ अर्ब ८७ करोडको निक्षेप संकलन गरेका छन् । बैशाख १६ गतेदेखि बैशाख २३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब ८७ करोड रूपैयाँ बढेको छ ।नेपाल बैंकर्स संघका बैशाख २३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो ।
बैशाख १६ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । बैशाख २ गते वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप बैशाख ९ गतेसम्म आइपुग्दा १० अर्बले घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको थियो ।
वाणिज्य बैंकहरुले पछिल्लो साता कर्जा प्रवाह भने घटाएका छन् । बैशाख १६ गतेदेखि २३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको हो । बैशाख १६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह घटेर बैशाख २३ गतेसम्म आइपुग्दा ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ । बैशाख १६ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले कर्जा प्रवाह ३ अर्बले बढाएर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुर्याएका थिए ।
नेपाल बैंकसं संघका अनुसार बैशाख १६ गतेसम्म ९०.९९ प्रतिशत कायम सीडी रेसियो २३ गतेसम्म घटेर ९०.८१ प्रतिशत पुगेको छ ।
