प्रतिकित्ता १ हजार रुपैयाँमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर बिक्रीमा « Artha Path
२९ बैशाख २०७९, बिहीबार

प्रतिकित्ता १ हजार रुपैयाँमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर बिक्रीमा



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूह तर्फको ७९ हजार ८७३ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार १ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १ हजार तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र असार २ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्