२० प्रतिशत लाभांश पारितका लागि किसान लघुवित्तको साधारण सभा जेठ २८ गते बस्दैं « Arthapath.com
८ जेष्ठ २०७९, आईतवार

२० प्रतिशत लाभांश पारितका लागि किसान लघुवित्तको साधारण सभा जेठ २८ गते बस्दैं



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रौ वार्षिक साधारण सभा जेठ २८ गतेका लागि बोलाएको छ । कम्पनीको बैशाख २५ गते बसेको संचालक समितिको बैंठकले धनगढी उपमहानगरपालिका कैलालीमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, उक्त सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
यस अघि कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको भए पनि राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले लाभांश प्रस्ताव संशोधन गरेको हो ।

साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिन बुक क्लोज गर्ने भएकाले जेठ १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्