विदेशमा लगानी गरेर विदेशी पैसा ल्याउन नपाउने नियम कहिले सुधार हुन्छ ?  « Arthapath.com
९ जेष्ठ २०७९, सोमबार

विदेशमा लगानी गरेर विदेशी पैसा ल्याउन नपाउने नियम कहिले सुधार हुन्छ ? 



महा प्रसाद अधिकारी गभर्नर नेपाल राष्ट्र बैंक

विदेशी लगानीकर्ता नेपालमा लगानी गरेर नाफासँगै डिभिडेन्ड पनि लिएर जान्छन्, तर नेपाली उद्योगीहरू चाँहि विदेशमा लगानी गरेर विदेशी पैसा लिएर आउन नपाउने, यो नियम कहिलेसम्म सुधार हुन्छ अथवा सुधार होला जस्तो देखिन्छ की देखिदैन ? 

मैले चासो राख्दै आएको विषय हो । मैले पनि बर्षाैदेखि पहल गर्दै आएको विषय हो । म डेपुटी गभर्नर हुँदै ड्राफ्ट ऐन विदेशमा लगानी गर्न रोक्का गर्ने ऐन २०१९ जुन छ, त्यसलाई खारेज गरेर एउटा कन्सुलेट ऐन बनाउने भनेर त्यो ड्राफ्ट धेरै पहिला नै पेश भइसकेको हो । त्यो कहाँ कता हरायो, थाहा छैन् । इनवार्ड एफडीआइको लागि हामीसँग प्रशस्त रिफर्म भएका छन् ।

तर  आउटवार्ड चाँहि आईबीएन बस्दा लाज लाग्ने गर्छ कसैले सोध्यो भने । एफडीआइआई त लाउँछौ, तिमिहरुको चाँहि कस्तो छ व्यवस्था बाहिर लाउनलाई भनेर सोध्यो भने छैन् रेस्पिक्सेन छ । यसलाई जतिसक्दो चाडो खुलाउनुपर्छ । बरु कस्तो रेस्पिक्सन राख्नुपर्छ, कुनकुन खालका शर्त राख्नुपर्छ । कस्तो लगानी हामीले अलाउ गर्ने, कस्तोलाई नगर्ने, कुन देशमा दिने, हामीले छनोट गर्ने ठाउँहरू होलान् त ।

तर यसलाई प्रतिबन्धित विषय हो भनेर राख्दा अहिलेको संसारमा हामीलाई बोल्न पनि लाज हुने विषय हो । हामी यसमा अघि बढेका छौँ, धेरै अगाडि देखि तर कँही मिसिङ भइरहेको छ । मैले बारम्बार प्रत्येक ब्रिफिङमा घचघच्याइरहेको विषय हो । आशा छ आगामी दिन पुरा हुन्छ । 


प्रतिक्रिया दिनुहोस्