एनआईसी एशिया लघुवित्तले ३ दिने कार्य संचालन जोखिम ब्यवस्थापन तालिम सम्पन्न « Arthapath.com
९ जेष्ठ २०७९, सोमबार

एनआईसी एशिया लघुवित्तले ३ दिने कार्य संचालन जोखिम ब्यवस्थापन तालिम सम्पन्न



काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न मितिमा गरि ३ दिने एनआईसी एशिया डीएनए र कार्य सञ्चालन जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

सल्लिबजार र चपरगौडि उप–प्रदेश कार्यालय अन्र्तगतका सम्पूर्ण कर्मचारीहरुको उपस्थितीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यपार तथा कर्जा असुलि अधिकृत अर्जुन श्रेष्ठ र कार्य सञ्चालन प्रमुख अजित मोहन रजिंतले प्रशिक्षण दिएका थिए ।

उत्कृष्टताका लागी दृढ संकल्प भन्ने मुल नारा सहित सञ्चालन भएको तिन दिने उक्त तालिम कार्यक्रमा हाल सम्मको लक्ष्यअनुसारको प्रगति, आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु, जोखिम व्यवस्थापनका विविध पक्षहरु, भाखा नाघेका कर्जा व्यवस्थापन, गुण्स्तरीय कर्जा लगानी, बचत बृद्धि, हालको वित्तीय बजारमा रहेको तरलताको समस्याहरु, एन आई सी एशिया डि.न. ए लगाएतका विषयमा छलफल साथै प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले अहिलेको वित्तीय बजारको अवस्थालाई मध्य नजर गरी उच्च प्रतिफल सहित गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए । प्रशिक्षणकै क्रममा प्रमुख व्यपार तथा कर्जा असुलि अधिकृत अर्जुन श्रेष्ठले कर्मचारीहरुलाई उपठ्यारो अवस्थामा उत्कृष्ट नतिजा ल्याउने गरी का मगर्ने योजना बनाउन सहज बनाउनै नै एन आई सी एशिया डि.न.ए भएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्