राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा २ जना नियुक्त भएका छन् । नेपाल सरकारले राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको हो । मन्त्रिपरिषद्को बैैठकले आचार्य र शिवाकोटीलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।

शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गएको वैशाखदेखि रिक्त रहेको थियो ।

यसअघि नेपाल राष्ट्र बैंकको सञ्चालकको लागि डा. शंकरप्रसाद आचार्य, दिलीप ढुंगाना र चिन्तामणी सिवाकोटीको नाम सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्