कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा चन्द्र बहादुर क्षेत्रीलाई नियुक्त गरेको छ । कम्पनीको बिहिबार एक सूचना प्रकाशित गर्दै अध्यक्ष चयन गरेको जनाएको हो ।

जेठ १० गते बसेको संचालक समितिको बैठकले लघुवित्तका अध्यक्ष कृष्ण बहादुर खाँणले बैशाख ११ गते दिएको राजीनामा स्वीकृत गर्दै क्षेत्रीलाई नियुक्त गरेको हो ।

क्षेत्रीलाई बैशाख ११ गतेदेखि नै लागू हुने गरी अध्यक्षमा चयन गरेको जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्