अव बैंक तथा वित्तिय संस्था आइतबार पनि खुल्ने , शेयर कारोबार शुक्रबार बन्द हुने « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

अव बैंक तथा वित्तिय संस्था आइतबार पनि खुल्ने , शेयर कारोबार शुक्रबार बन्द हुने



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउनका लागि सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय गर्याे । जेठ १ गतेदेखि लागू हुने गरी आइतबार र शनिवार विदा दिँदै आएको छ । सरकारले गरेको उक्त निर्णय चौतर्फि विरोध हुँदै आएको छ । तर एक महिना नपुग्दै उक्त निर्णय फिर्ता लिन सरकार बाध्य भएको छ ।

सरकारले सातामा २ दिन विदा दिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि २ दिन विदा दिँदै आएका थिए । केही वित्तीय संस्थाहरुले भने उक्त निर्णयको वास्ता नगरेर आइतबार पनि सेवा दिँदै आएका थिए ।

सरकारले २ दिन बिदा दिने निर्णय गर्दा अधिकांश बैंक तथा वित्तीय संस्थाहरु शनिवार र आइतबार बन्द भएका थिए भने शुक्रबार पूर्ण समय खुला भएका थिए । तर सरकारले असार १ गतेदेखि लागू हुने गरी सातामा १ दिन मात्रै विदा दिने निर्णय गरेको छ । अब असार १ गतेदेखि शनिवार मात्रै सार्वजनिक विदा हुने छ । अब शुक्रबार आधा दिन मात्रै खुल्ने छन् ।

सरकारले गरेको निर्णयलाई बैंक तथा वित्तीय संस्थाहरुले पनि लागू गर्ने भएका छन् । अब बैंक तथा वित्तीय संस्थाहरू आइतबार पनि खुल्ने भएका हुन् । सरकारले आइतबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिएसँगै बैंक तथा वित्तीय संस्था आइतबार पनि खुल्ने भएका हुन् ।

सरकारले आइतबार विदा दिने निर्णय फिर्ता लिएसँगै आइतबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले जानकारी दिए । यता आइतबार पूर्ण रुपमा बन्द हुँदै आएका बीमा कम्पनीहरु पनि असार १ गतेदेखि आइतबार पनि खुल्ने भएका छन् ।

त्यस्तै, सरकारले आइतबार पनि विदा दिने निर्णय गरेपछि शुक्रबार खुल्दै आएको शेयर बन्द हुने भएको छ । असार १ गतेदेखि शुक्रबार बन्द भएर आइतबार खुल्ने भएको हो । अब शेयर बजार पहिलेकै समय अनुसार कारोबार हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । उनले हालसम्म बोर्डले निर्णय गरी नसकेको बताउँदै पहिलेकै समयानुसार कारोबार गर्ने दिन तोक्ने तयारी भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्