जाल्पा सामुदायिक लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त « Arthapath.com
३० जेष्ठ २०७९, सोमबार

जाल्पा सामुदायिक लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षकको नियुक्त गरेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७८।०७९ को अन्तिम लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकमा एनएस एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स अनामनगर काठमाडौंलाई नियुक्त गरेको हो । लघुवित्तले जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो ।

त्यस्तै, लघुवित्तले आर्थिक वर्षको लेखापरीक्षण कार्य गरे वापत भ्याट सहित ३ लाख ३९ हजार रुपैयाँ पारिश्रमिक प्रदान गर्ने र लेखापरीक्षणको सिलसिलामा आते जाते यातायात खर्च, बास खर्च, खाना नास्ता खर्च यथार्थ बिलको आधारमा भुक्तानी गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्