महुली लघुवित्त १० औँ बर्षमा प्रवेश, सातै प्रदेशमा १ हजार ५ सयभन्दा बढि विरुवा रोपिए « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

महुली लघुवित्त १० औँ बर्षमा प्रवेश, सातै प्रदेशमा १ हजार ५ सयभन्दा बढि विरुवा रोपिए



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लि.ले जेष्ठ ३० गते ९ औँ बर्ष पुरा गरी १० औँ बर्षमा प्रवेश गरेकोे उपलक्ष्यमा देशव्यापी रुपमै केन्द्रीय कार्यालय सहित सातै प्रदेशमा रहेको शाखा कार्यालयहरु मार्फत वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरी ९ र्औ बार्षिक उत्सव मनाएको छ ।

संस्थाको पन्च बर्षीय योजनामा वातावरण संरक्षण तथा कार्वन उत्सर्जन न्युनीकरणको लागि वृक्षारोपण गर्ने कुरालाई सार्थकता दिदै संस्थाले विभिन्न थरीका १५०० भन्दा बढि विरुवाहरु रोपिएको हो ।

स्थानिय निकायका नवनिर्वाचित जनप्रतिनिधहरु, स्थानिय प्रशासन, वन उपभोक्ता समितिका सदस्यहरु, संस्थामा अवद्ध सदस्यहरु र संस्थामा कार्यरत कर्मचारीहरुको उल्लेखिय सहभागीतामा देशभरीका विभिन्न विधालय परिसर, मठमन्दिर आसपास, सार्वजनिक स्थानहरु र सामुदायिक वनक्षेत्रमा वृक्षारोपन गरिएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले ९ औँ बार्षिक उत्सवको अवसरमा वृक्षारोपणमा कर्मचारीहरुले देखाएको सकृयताको लागि कर्मचारीहरुलाई धन्यवाद दिदै सम्पुर्ण जिवजन्तु, समाज र विश्व वातावरणलाई नै प्रत्यक्ष सकरात्मक प्रभाव पार्ने वृक्षारोपण कार्यक्रम हरेक बर्ष गरिने जानकारी दिए ।

यस्तै, ९ औँ बार्षिक उत्सवकै अवसरमा संस्थाका अध्यक्ष प्रभुनारायण चौधरी तथा विधालय प्रशासनको उपस्थितिमा विष्णुपुर गाँउपालिका बडा नं. ६, गोरगाम, सप्तरी स्थित श्री रुद्र माध्यामिक विधालयमा संस्थाको संलग्नतामा रु. ६ लाख बराबरको आधुनिक शैचालय तथा खानेपानी निमार्ण गरी विधालयलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रभुनारायण चौधरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरिएको शौचालय र खानेपानीले विधार्थी तथा विधार्थीको परिवारलाई स्वस्थ रहन धेरै मदत गर्ने बताए । उनले संस्थाले यस किसिमका सामाजिक कार्यक्रमहरु भविष्यमा पनि निरन्तर गरिरहने बताए ।

यसका साथै केन्द्रीय कार्यालयले बार्षिक उत्सवकै अवसरमा केन्द्रीय कार्यालय रहेको अग्नीसरवण–६, सप्तरीको बडा कार्यालयलाई २० वटा फोहोर व्यवस्थापनको लागि डस्बिन उपलब्ध गराएको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको महुली लघुबित्त वित्तीय संस्था लि. ले ७ प्रदेशको ३४ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत ७७ हजार सदस्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा प्रवाह गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्