महुली लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको ५ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
लघुवित्तका संस्थापक शेयरधनी कविता कुमारी चौधरीले ३ हजार ५ सय कित्ता, आशा कुमार सिंहले २ हजार कित्ता र दुर्गा नन्द चौधरीले २ हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार ७ गते) ले ३५ दिन भित्र लघुवित्तको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।