नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस शेयर सूचीकृत « Artha Path
८ असार २०७९, बुधबार

नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको ९ लाख ६१७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको २०७७।०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्