२४ वाणिज्य बैंक, ९ विकास बैंक र ११ फाइनान्सको ३९ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२० असार २०७९, सोमबार

२४ वाणिज्य बैंक, ९ विकास बैंक र ११ फाइनान्सको ३९ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्म सबै बैंक तथा वित्तीय संस्थाहरुको बोनस शेयर सूचीकृत भइसकेको छ । हाल नेप्सेमा सूचीकृत भएका वाणिज्य बैंकहरु मध्ये २४ वटा वाणिज्य बैंक, विकास बैंकहरु मध्ये ९९ वटा बैंक र ११ वटा फाइनान्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको बोनस शेयर घोषणा गरेका थिए । सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक बर्ष २०७७–७८ मा २४ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक र ११ वटा फाइनान्स कम्पनी गरी कूल ४४ वटा बैंक तथा वित्त कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । जसमा यी ४४ वटा कम्पनीको ३९ करोड २ लाख ९२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

वाणिज्य बैंक

गत आर्थिक बर्षको नाफाबाट वाणिज्य बैंकहरुले बोनस शेयर वितरण गर्दा २४ वटा वाणिज्य बैंकहरुले ३४ करोड १७ लाख ९२ हजार ५५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा ३ वटा वाणिज्य बैंकहरुको बोनस शेयर जोडिएको छैन् ।

१. नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस शेयर बापतको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको ३३.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. नेपाल एसबिआई बैंक लिमिटेडको ३.५० प्रतिशत बोनस शेयर बापतको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.८१ प्रतिशत नगद गरी कूल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. एनएमबि बैंक लिमिटेडको १२.५० प्रतिशत बोनस शेयर बापतको २ करोड ४ लाख ७ हजार ४५१.०७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ५३ लाख ३६ हजार २३०.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस शेयर बापतको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद गरी कूल ६.०५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

६. कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५६ प्रतिशत नगद गरी कूल २१.०५६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. प्राइम कमर्सियल बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयर बापतको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकल गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्त पूक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. प्रभु बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर वापतको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आव २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. ग्लोबल आइएमई बैंकलिमिटेडको १० प्रतिशत बोनस शेयर वापतको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस शेयर बापतको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१२. नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर बापतको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१३. लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस शेयर बापतको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१४. सनराइज बैंक लिमिटेडको ६.६५ प्रतिशत बोनस शेयर बापतको ६३ लाख ९ हजार ४८३.०९ कित्ता बोन शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१५. सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापतको ४३ लाख २१ हजार ८३०.४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१६. स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस शेयर सूचीकृत नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१७. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२.६११ प्रतिशत बोनस शेयर बापत २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१८. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस शेयर बापतको ८२ लाख ५१ हजार ६१३.३४ कित्ता शेयर सूचीकृत भएको होे । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१९. बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२०. माछापुच्छ्रे बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस शेयर बापतको १ करोड २० लाख ४० हजार ६१० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२१. मेगा बैंक लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बानेस शेयर र कर प्रयोजनार्थ २.०७ प्रतिशत नगद गरि कूल १२.०७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२२. कुमारी बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ८३ लाख २७ हजार ८४.९० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद गरी कूल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२३. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १२.९१३ प्रतिशत बोनस शेयर बापतको १ करोड ६२ लाख ५०८.९१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.०८७ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२४. सानिमा बैंक लिमिटेडको १७ प्रतिशत बोनस शेयर बापतको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८९४७ प्रतिशत नगद गरी कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२५.एनआईसी एशिया बैंक लिमिटेड
नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक लिमिटेडको लाभांश रद्द गरेका कारण यसपटक शेयरधनीहरुले लाभांश पाएका थिएनन् । राष्ट्र बैंकले बैंकको पूँजी पर्याप्त नदेखिएको भन्दै बैंकको लाभांश रद्द गरेको थियो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद गरी कूल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले उक्त लाभांश रद्द गरेपछि नेप्सेमा सूचीकृत हुन सकेन ।

२६. हिमालयन बैंकलिमिटेड
नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलिमिटेडको लाभांश राकेका कारण यसपटक शेयरधनीहरुले लाभांश प्राप्त गर्न सकेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग डिमर्जर गरेका कारण लाभांश वितरणमा रोक लगाएको थियो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद गरी कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२७. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेप्सेमा सूचीकृत नभएकाले बैंकको बोनस सूचीकृत नभएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ नाफाबाट चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल ३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

विकास बैंक

हालसम्म ९ वटा डेभलपमेन्ट बैंकहरुको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा ९ विकास बैंकको ३ करोड ६५ लाख ४१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

१. महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस शेयर बापतको ९ लाख ७३ हजार ३४५.४६९७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७६–७७ को नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को लागि भने हालै मात्रै लाभांश घोषणा गरेको छ ।

३. मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस शेयर बापतको १० लाख ६० हजार ५११.३३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस शेयर बापतको ४२ लाख २९ हजार ३०५.०६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.५ प्रतिशत नगद गरी कूल १५.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. मुक्तिनाथ विकास बैंक लिमिटेडको १७.५७५ प्रतिशत बोनस शेयर बापतको ८४ लाख ५६ हजार ३००.५३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट १७.५७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद लाभांश गरी कूल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

६. लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९.६१ कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गरेको हो ।

७. शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको १०.९३ प्रतिशत बोनस शेयर वापतको ३७ लाख २५ हजार ४५१.०५२५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. कामना सेवा विकास बैंक लिमिटेडको १८.५ प्रतिशत बोनस शेयर बापतको ४९ लाख ६ हजार १३२.९०३४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.९७ प्रतिशत नगद गरी कूल १९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. गरिमा विकास बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ । बैंकले आर्थिक बर्ष २०७७–७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

फाइनान्स कम्पनी

११ वटा फाइनान्स कम्पनीको गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १ करोड १९ लाख ५८ हजार ९२५.७९३९ कित्ता बोनस शेयर थपिएको छ ।

१. जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको ९ लाख ६१७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक वर्षको २०७७–०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. प्रोगेसिभ फाइनान्स लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ४ लाख ८० हजार ६० कित्ता शेयर सूचीकृत भएको हो । फाइनान्सको गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थका लागि ०.३१५७ प्रतिशत नगद गरी कूल ६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. सेन्ट्रल फाइनान्स लिमिटेडको ७.७० प्रतिशत बोनस शेयर वापतको ६ लाख ७८ हजार ३९७.४९५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. मल्टीपर्पस फाइनान्स लिमिटेडको १३ प्रतिशत बोनस शेयर वापतको ५ लाख २० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस शेयर वापतको ६ लाख ८५ हजार ४०१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. रिलायन्स फाइनान्स लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. मञ्जुश्री फाइनान्स लिमिटेडको ४० प्रतिशत बोनस शेयर बापतको ३८ लाख ६१ हजार ५७९.५६८० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ६ प्रतिशत नगद गरी कूल ४६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस शेयर बापतको ७ लाख ७७ हजार ७४०.२३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२५ प्रतिशत नगद गरी कूल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सबे १० प्रतिशत बोनस शेयर बापतको ८ लाख ६४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९.१ प्रतिशत बोनस शेयर बापतको ७ लाख ८९ हजार १५२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको शेयरधनीहरूलाई ९.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.९ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको १० लाख २८ हजार ४९४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्