दुई कम्पनीको १३ लाख कित्ता शेयर लिलामीमा, प्रतिकित्ता कति ? « Arthapath.com
२० असार २०७९, सोमबार

दुई कम्पनीको १३ लाख कित्ता शेयर लिलामीमा, प्रतिकित्ता कति ?



काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको ५ लाख ९५ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक समूहको ७ लाख १९ हजार ९५० कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयरको नेपाल लाइफले न्यूनतम मूल्य ७ सय रुपैयाँ र एनआइसी एशिया बैंकको ४२५ रुपैयाँ तोकको छ । सो आधारमा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिनेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्था जो कोहीले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद असार २७ गते तोकिएको छ ।

लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड नक्साल, काठमाडौं र ग्लोबल आइएमई बैंक लिमिटेडको विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आर्दशनगर वीरगञ्ज, हेटौडा, नारायणढ, न्युरोड पोखरा, बुटवल– मिलनचोक, बाग्लुङ्ग, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्