नेप्सेमा एक कम्पनीको २९ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ । सोमबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २९.५० प्रतिशत बापतको ५० लाख २५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको गत आर्थिक वर्ष २०७७ ७८ को मुनाफाबााट चुक्तापूँजीको शेयरधनीहरुलाई २९.५० प्रतिशत बोनस शेयर र १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।