प्रतिकित्ता ४५० रुपैयाँमा विजय लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूहको १२ हजार १३८ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
लघुवित्तको शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ३ गते) ले ३५ दिन भित्र लघुवित्तको केन्द्रिय कार्यालय गैडाकोट नगरपालिका वडा ५ नवलपरासीमा आवेदन दिन सकिने छ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।