विजय लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले २ पदका लागि कर्मचारी माग गरेको हो ।
लघुवित्तले एक सूचना प्रकाशित गर्दै केन्द्रिय कार्यालयका लागि कनिष्ठ अधिकृत प्रकाशन विभागमा १ जना र शाखा कार्यालयका लागि कनिष्ठ सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा एसइई उत्तिर्ण गरेको देखि ब्यवस्थापन विषयमा स्नातक तह उत्तिर्ण गरेको तथा कार्य अनुभव भएको कर्मचारी मागे हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मिति (साउन ४ गते) ले १५ दिन भित्र संस्थाको वेबसाइट www.vlbs.com.np मा career भित्र vacancy मा गई आवेदन दिन सकिनेछ ।
