नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्री खुला « Arthapath.com
५ श्रावण २०७९, बिहीबार

नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्री खुला



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको १२ हजार ७९७ कित्ता शेयर बिक्री गर्ने लागेको छ ।

लघुवित्तका संस्थापक शेयरधनी माला राज भण्डारीले ४ हजार ५६१ कित्ता, गायत्री सुवालले २ हजार ५३४ कित्ता र शोभा तण्डुकारले ५ हजार ७०२ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र लघुवित्तको केन्द्रिय कार्यालय निलकण्ठ ३ धालिङवेशीमा आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्