सपोर्ट लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले ३ पदका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले शाखा कार्यालयका लागि सुपरभाइजर (शाखा प्रमुख), बरिष्ठ सहायकमा र केन्द्रिय कार्यालयका लागि बरिष्ठ सहायक । सहायक आइटिमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह उत्तिर्णदेखि बैंक तथा वित्तीय संस्थामा अनुभव खोजेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन २२ गते भित्र लघुवित्तको कार्यालय तथा इमेल मार्फत आवेदन दिन सकिनेछ ।
