५ वर्ष पुरानो नगद लाभांश लिन डिप्रोक्स लघुवित्तको आग्रह « Arthapath.com
९ श्रावण २०७९, सोमबार

५ वर्ष पुरानो नगद लाभांश लिन डिप्रोक्स लघुवित्तको आग्रह



काठमाडौं । डिप्रोक्स लघुवित्तले ५ वर्ष अघिको नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ५ वर्षअघिको नगद लाभांश लिन आग्रह गरेको हो ।

उक्त लाभांश लिन बाँकी शेयरधनीहरुले सेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले आग्रह गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।

साथै, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने कम्पनीले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्