आशा लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संस्थामा कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृतमा १ जना, बरिष्ठ प्रबन्धकमा १ जना, सहायक प्रबन्धकमा १ जना, बरिष्ठ अधिकृत/अधिकृत/कनिष्ठ अधिकृत, सुपरभाईजर/बरिष्ठ सहायक/सहायक/कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्ण देखि स्नातकोत्तर उत्तिर्ण गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १२ गते) ले १५ दिन भित्र कम्पनीको इमेल [email protected] तथा संस्थाको केन्द्रिय कार्यालयमा आवेदन दिन सकिनेछ ।
