७ लघुवित्तको वित्तीय विवरण सार्वजनिक, खुद नाफामा कालिका लघुवित्तलाई पछ्याउदैं फर्स्ट माइक्रोफाइनान्स लघुवित्त

काठमाडौं । गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण ७ वटा लघुवित्तले मात्र सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको त्रैमासिक विवरण आर्थिक वर्ष सकिएको २१ दिन भित्र सार्वजनिक गर्ने निर्देशन दिए बमोजिम विभिन्न बैंक तथा वित्तीय संस्थाले आफ्नो चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरी रहेको छ ।
हालसम्म आरएसडिसी लघुवित्त वित्तीय सस्था लिमिटेड, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई लघुवित्तले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार सबैं भन्दा बढी खुद नाफा कमाउने कम्पनीमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ भने सबै भन्दा कम खुद नापा कमाउने कम्पनीमा ग्लोबल आइएमइ लघुवित्त रहेको छ । आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्ममा कालिका लघुवित्तले आफ्नो खुद नाफा खुद नाफा १३२.७२ प्रतिशतले बढाएर १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । लघुवित्तका अन्य सूचकमा समेत आकर्षक सुधार देखिएको छ ।
त्यस्तै गत आर्थिक वर्षको हालसम्म चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने ७ लघुवित्तका सबै भन्दा कम खुद नाफा ग्लोबल आइएमई लघुवित्तको रहेको छ । ग्लोबल आइएमई लघुवित्त गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा १०.०५ प्रतिशतले बढेर २५ करोड ५ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ ।
साथै, आरएसडिसी लघुवित्तको खुद नाफा ४८ दशमलव ४५ प्रतिशतले वृद्धि भई १३ करोड ५२ लाख रुपैयाँ, एनआइसी एशिया लघुवित्तको खुद नाफा २४.४९ प्रतिशतले बढेर ५८ करोड ५६ लाख ३६ हजार रुपैयाँ, सिभिल लघुवित्तको खुद नाफा १३.३९ प्रतिशतले बढेर ७ करोड ३६ लाख रुपैयाँ, महुली लघुवित्तको खुद नाफा १०.७४ प्रतिशतले बढेर १० करोड ८५ लाख ८२ हजार रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त खसद नाफा ८७.८२ प्रतिशतले बढेर २६ करोड ८८ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ ।
कालिका लघुवित्त
कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद नाफा १३२.७२ प्रतिशतले बढेर १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ५ करोड ५२ लाख १६ हजार रुपैयाँमा समित रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको संचालन नाफा आकर्षक सुधार देखिएसँगै लघुवित्तको खुद नाफा आकाशिएको देखिएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा २ करोड ६० लाख ९ हजार संचालन घाटामा रहेको लघुवित्तको गत आर्थिक वर्षको सोहि अवधिमा बढेर ८ करोड ९२ लाख ८३ हजार रुपैयाँ नाफा रहेको छ ।
त्यस्तै असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१३ प्रतिशतले बढेर २९ करोड ४७ लाख ९६ हजार रुपैयाँ, चुक्ता पूँजी १२.७२ प्रतिशतले बढेर ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ, रिजर्भ कोष ५१.२३ प्तिशतले बढेर २२ कराृेड ७३ लाख ८३ हजार रुपैयाँ, निक्षेप २६.७७ प्रतिशतले बढेर १ अर्ब ४६ करोड ८७ लाख २० हजार रुपैयाँ र कर्जा लगानी ३ अर्ब ९१ करोड ६६ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले प्रतिसेयर आम्दानी २१ रुपैयाँ १८ पैसाले बढाएर ४१ रुपैयाँ ०७ पैसा (वार्षिक) पुर्याएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १७२ रुपैयाँ ६८ पैसा छ ।
आरएसडिसी लघुवित्त
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । असार समान्तसम्मको अवधिमा लघुवित्तको खुद नाफा ४८ दशमलव ४५ प्रतिशतले वृद्धि भई १३ करोड ५२ लाख पुगेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ करोड १० लाख नाफा कमाएको थियो ।
त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा लघुवित्तलको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४६ दशमलव ३६ प्रतिशत र सञ्चालन नाफा ४९ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ । असार मसान्तसम्म खुद ब्याज आम्दानी २३ करोड ८२ लाख पुगेको छ भने संचालन नाफा १९ करोड ३१ लाख पुगेको छ ।
त्यसैगरी कम्पनीको चुक्तापूँजी ८० करोड ५१ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा ९ करोड ५० लाख सञ्चित गरेको छ । असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १६ दशमलव ७९ र प्रतिशेयर नेटवर्थ १२६ रहेको छ ।
एनआइसी एशिया लघुवित्त
एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा २४.४९ प्रतिशतले बढेर ५८ करोड ५६ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ४७ करोड ४ लाख ९ हजार रुपैयाँ आर्जन गरेको थियो ।
असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ५ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ३ करोड ९७ लाख ४० हजार रुपैयाँ आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले ७० करोड ५५ लाख २८ हजार रुपैयाँ संचालन नाफा गरेको थियो भने गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ३१.७३ प्रतिशतले बढेर ९२ करोड ९३ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी १ अबए ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष ६८.५६ प्रतिशतले बढेर १ अर्ब ४० करोड ८९ लाख ४ हजार रुपैयाँ, कर्जा सापटी ४.६१ प्रतिशतले बढेर १६ अर्ब ३१ करोड ७ लाख ५७ हजार रुपैयाँ, निक्षेप संकलन २५.२० प्रतिशतले बढेर ३ अर्ब ३५करोड २६ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । लघुवित्तको खुद नाफा बढेसँगै प्रतिसेयर पनि आम्दानी ६ रुपैयाँ ६३ पैसाले बढेर ३३ रुपैयाँ ६७ पैसा पुगेको छ र प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ रहेको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा ८७.८२ प्रतिशत बढी खुद नाफा गरेको छ । कम्पनीको सार्वजनिक उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्ष चौथो त्रैमाससम्ममा २६ करोड ८८ लाख ८३ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीको खुद नाफा १४ करोड ३१ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
चौथो त्रैमाससम्मममा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा समेत छलाङ आएको छ । यस अवधिमा लघुवित्तको संचालन नाफा ९०.७२ प्रतिशत बढेर ३८ करोड ८४ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष सोहि अवधिमा लघुवित्तको संचालन नाफा २० करोड ३६ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २० करोड ९५ लाखभन्दा बढी रहेको छ । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६०.८४ प्रतिशतले बढेर ४२ करोड ७२ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६ करोड ५६ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी १० प्रतिशतले बढेर ९६ करोड ४४ लाख ९२ हजार, रिटेन्ड अर्निग १०४.८० प्रतिशत बढी २३ करोड २ लाख ४६ हजार रुपैयाँ, जगेडा कोष रकम ३७.८६ प्रतिशत बढेर २१ करोड ४ लाख ४० हजार रुपैयाँ, कर्जा प्रवाह २७.२२ प्रतिशतले बढेर १० अर्ब ४० करोड ६० लाख ८८ हजार रुपैयाँ, आफ्ना सदस्य तथा ग्राहकहरूलाई भने कम्पनीले १ करोड ८९ लाख रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो वर्षभन्दा करिब १० प्रतिशत बढी ९ अर्ब ४५ करोड ७६ लाख कर्जा सापटी लिएको छ । गत चौंथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २७ दशमलव ८८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४५ दशमलव ६९ रुपैयाँ रहेको छ ।
सिभिल लघुवित्त
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद नाफा १३.३९ प्रतिशतले बढेर ७ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै, समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा पनि सुधार आएको छ । यस अवधिमा कम्पनी खुद ब्याज आम्दानी ३७.३१ प्रतिशतले बढेर २३ करोड ९६ लाख ८० हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिमा भने लघुवित्तको उक्त खुद ब्याज आम्दानी १७ करोड ४५ लाखन ५६ हजार रुपैयाँ रहेको थियो ।
साथै, संचालक नाफा १८.०६ प्रतिशतले बढेर १० करोड ८४ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । असार मसान्तसम्मको अवधि लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशतले बढेर २८ करोड ८१ लाख २४ हजार रुपैयाँ, जगेडा कोष ९.२५ प्रतिशतले बढेर १३ करोड ८ लाख ७३ हजार रुपैयाँ, निक्षेप संकलन ५७.६९ प्रतिशतले बढेर ९७ करोड ७८ लाख ३९ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ४८ पैसाले घटेर २५ रुपैयाँ ५६ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ८९ पैसा छ । यसको खराब कर्जा १.७५% बाट घटेर १.४७% पुगेको छ ।
महुली लघुवित्त
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद नाफा १०.७४ प्रतिशतले बढेर १० करोड ८५ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा भने ९ करोड ८० लाख ४७ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउदा खुद नाफामा समेत सुधार देखा परेको हो । सो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.५० प्रतिशतले बढेर २८ करोड ४१ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिमा भने लघुवित्तको खुद ब्याज आम्दानी २३ करोड ७८ लाख ११ हजार रुपैयाँ आर्जन गरेको थियो । चौथो त्रैमाससम्ममा लघुवित्तको संचालन नाफा २५.७८ प्रतिशतले बढेर १७ करोड २३ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २६ प्रतिशतले बढेर २८ करोड २१ लाख ६९ हजार रुपैयाँ, जगेडा कोष १७.८२ प्रतिशतले बढेर २९ करोड २२ लाख १६ हजार रुपैयाँ, सापटी ४४.९९ प्रतिशतले बढेर २ अर्ब २५ करोड ७० लाख ७० हजार रुपैयाँ, निक्षेप संकलन २७.१५ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ५ लाख ८४ हजार रुपैयाँ, कर्जा लगानी ३८. ३४ प्रतिशतले बढेर ४ अर्ब ४६ करोड ६५ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । महुलीको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा (वार्षिक) रहेकामा अहिले घटेर ३८ रुपैयाँ ४८ पैसा (वार्षिक) मा आएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५३ पैसा छ ।
ग्लोबल आइएमई लघुवित्त
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा १०.०५ प्रतिशतले बढेर २५ करोड ५ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४५ करोड ३१ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद ब्याज आम्दानी २५.३१ प्रतिशतले बढेर ५६ करोड ७८ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ ।
असार मसान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा २६.९३ प्रतिशतले बढेर ३९ करोड ७६ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २८ प्रतिशतले बढेर ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ, जगेडा कोष ३३.४५ प्रतिशतले बढेर ४६ करोड ९ लाख ९७ हजार रुपैयाँ, कर्जा सापटी ३३.७४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड २१ लाख ४५ हजार रुपैयाँ, निक्षेप संकलन ३८.४६ प्रतिशतले बढेर २ अर्ब ९६ करोड १२ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ ।