भर्खरै आइपीओ जारी गरेको सिवाईसी लघुवित्तको खुद नाफा ५५ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ५५.०८ प्रतिशतले बढेर ८ करोड ३ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । अ्िघल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ५ करोड १८ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफामा छलाङ आउदा खुद नाफा पनि बढेको देखिएको छ । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५७.२३ प्रतिशतले बढेर २१ करोड ९९ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३ करोड ९८ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
चौथो त्रैमाससम्मको अवधिमा लघुवित्तको संचालन नाफा ६२.११ प्रतिशतले बढेर ३ करोड ३८ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा २ करोड ८ लख ६९ हजार रुपैयाँमा सिमित रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ४८.१५ प्रतिशतले बढेर १२ करोड १६ लाख ४१ हजार रुपैयाँ, जगेडा कोष ९२.९९ प्रतिशतले बढेर १८ करोड ८ लाख १९ हजार रुपैयाँ र निक्षेप ५७.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ७२ हजार रुपैयाँ र खराब कर्जा ४.८४ प्रतिशतबाट १.९५ प्रतिशतमा पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ०३ पैसा (वार्षिक) रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा रहेको छ । सीवाइसीले वैशाखमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।