श्रृजनशील लघुवित्तको खुद नाफा ३४ प्रतिशतले खस्कियो « Arthapath.com
१३ श्रावण २०७९, शुक्रबार

श्रृजनशील लघुवित्तको खुद नाफा ३४ प्रतिशतले खस्कियो



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफामा ओरालो लागेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ३४.६२ प्रतिशतले घटेर ४ करोड २९ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ६ करोड ५७ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा सञ्चालन नाफा घटेसँगै नाफा घटेको देखिएको छ । कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा १ करोड ६३ लाख छुट्याएकोमा गत आवमा २ करोड २६ लाख छुट्याएको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ७ करोड रुपैयाँ, जगेडा कोष १३ करोड ८९ लाख रुपैयाँ, सापटी रकम १ अर्ब १६ करोड रुपैयाँ, निक्षेप संकलन ८२ करोड ४५ लाख रुपैयाँ, कर्जा लगानी २ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

श्रृजनशीलको खराब कर्जा २.१६% बाट घटेर २.११% कायम भएको छ । कम्पनीले ३ करोड ३७ लाख २५० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्