संचालन नाफा र खुद ब्याज आम्दानीमा गिरावट आउँदा नाडेप लघुवित्तको नाफामा २८ प्रतिशतले घट्यो « Arthapath.com
१६ श्रावण २०७९, सोमबार

संचालन नाफा र खुद ब्याज आम्दानीमा गिरावट आउँदा नाडेप लघुवित्तको नाफामा २८ प्रतिशतले घट्यो



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफामा ओरालो लागेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा २८.९६ प्रतिशतले घटेर ११ करोड ४० लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा १६ करोड ६ लाख १८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

साथै, सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा भारी गिरावट आउँदा खुद नाफामा समेत प्रभाव परेको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४७ करोड ६५ लाख ३९ हजार रुपैयाँ आर्जन गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.९५ प्रतिशतले घटेर ३९ करोड १० लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ ।

असार मसान्तसम्ममा लघुवित्तको संचालन नाफा ४७.७५ प्रतिशतले घटेर १३ करोड ४ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा २४ करोड ९७ लाख २६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ, जगेडा कोष ३६.८२ प्रतिशतले बढेर ३९ करोड २७ लाख ९ हजार रुपैयाँ, निक्षेप संकलन १४.७० प्रतिशतले बढेर १ अर्ब ७७ करोड १३ लाख १४ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २६ पैसाले घटेर २३ रुपैयाँ ४९ पैसा (वार्षिक) रहेको छ ।


प्रतिक्रिया दिनुहोस्