स्वाबलम्बन लघुवित्तको खुद नाफा ७० करोड माथि, यस्तो छ अन्य सूचक

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरणसार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा ७० करोड ६ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा १३.०९ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आवमा ६१ करोड ९४ लाख खुद नाफा नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४.९० प्रतिशतले बढेर १ अर्ब ६६ करोड ७५ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीले. १४ करोड ७१ लाख खराब कर्जा उठाएको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड रहेको छ भने गत आवमा कम्पनीले जगेडामा २ अर्ब २५ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले ५ अर्ब ४४ करोड सापटी लिएर, ११ अर्ब ९९ करोड निक्षेप संकलन गरेर १९ अर्ब २१ करोड कर्जा लगानी गरेको हो ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ६२ दशमलव ४३, मूल्य आम्दानी अनुपात १८ दशमलव ७२ गुणा, तरलता अनुपात ६ दशलमव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ ३०० दशलमव ८७ रहेको छ ।