तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् अभियान लघुवित्तको आईपीओ रिजल्ट

काठमाडौं । अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान क्यापिटल कै कार्यालयमा बाँडफाँट गरेको हो ।
आईपिओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ अक्रोद १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २ हजार ३ सय ७६ जनाको आवेदन रद्द भएको छ भने बाँकि रहेका १९ लाख ७८ हजार ७५ सय ९४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँट गरिएको छ । जस अनुसार ९१ हजार ३ सय ७५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि रहेका करिब १९ लाखको हात हात खाली भएका छन् ।
कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएकोथियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।
कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलः https://muktinathcapital.com/
अभियान लघुवित्तको बेवसाइटः https://www.aviyanlaghubitta.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login