अभियान लघुवित्तको मुनाफा घट्यो, चुक्तापूँजी १५ करोड पुग्दा खुद ब्याज आम्दानी १७ प्रतिशतले बढ्यो « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

अभियान लघुवित्तको मुनाफा घट्यो, चुक्तापूँजी १५ करोड पुग्दा खुद ब्याज आम्दानी १७ प्रतिशतले बढ्यो



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा भने गिरावट आएको देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले खुद नाफा ३७. ४२ प्रतिशतले घटेर १ करोड १० लाख ७४ हजार आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको अवधिसम्म कम्पनीले १ करोड ७६ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको संचालन नाफा ओरालो लाग्दा खुद नाफामा प्रभाव परेको देखिएको छ । समिक्षा अवधिमा कम्पनीको संचालन नाफा २५.३६ प्रतिशतले घटेर १ करोड ७५ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा २ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी १७.१९ प्रतिशतले बढेर ९ करोड २ लाख रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्तापूँजी १५ करोड २५ लाख रहेको छ । कम्पनीले सर्वसाधारणमा ९ लाख ७५ हजार कित्ता आईपीओ विक्री गरी साउन ३० गते बाँडफाँट गरेको छ । उक्त आईपीओपछि कम्पनीको चुक्तापूँजी . २५ करोड कायम भएको छ । कम्पनीको आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत हुन भने बाँकी रहेको छ ।

जगेडा कोषको आकार १३४.४३ प्रतिशतले बढेर कोषमा १ करोड ९१ लाख रुपैयाँ, सापटी १ अर्ब ६९ करोड, कर्जा प्रवाह २ अर्ब, निक्षेप संलकन ३१ करोड १५ लाख निष्क्रिय कर्जा २.६० प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्