एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा « Arthapath.com
९ भाद्र २०७९, बिहीबार

एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा



काठमाडौं । एनआईबिएल म्यूचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले गत आर्थिक वर्ष ०७८÷७९ को प्रतिफल घोषणा गरेको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाको इकाईधनीहरूलाई करसमेत ४ दशमलव २० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको हो ।

क्यापिटलको भदौ ९ गतेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल वितरणको निर्णय गरेको हो । प्रस्तावित प्रतिफल प्रयोजनका लागि क्यापिटलले बुक क्लोजको मिति तय गर्नेछ । सो मितिको आधारमा कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्