खप्तड लघुवित्तको आइपीओमा २ अर्ब रुपैयाँ संकलन, १६५ गुणा बढीको आवेदन « Arthapath.com
१२ भाद्र २०७९, आईतवार

खप्तड लघुवित्तको आइपीओमा २ अर्ब रुपैयाँ संकलन, १६५ गुणा बढीको आवेदन



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ २ अर्ब रुपैयाँ माथि संकलन भएको छ । आज अन्तिम दिन (भदौ १२ गते) सम्म सीडीएसका अनुसार साँझ ५ बजेसम्ममा १८ लाख ५० हजार १३२ जनाले २ करोड ४ लाख २२ हजार ४०० कित्ता बरारबको २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १६५.४९ गुणा बढी आवेदन हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणलाई खुला गरेको थियो ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्