भदौं २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने « Arthapath.com
१४ भाद्र २०७९, मंगलवार

भदौं २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गर्दै नयाँ नोट सटही सुविधा उपलब्ध गराउने गर्देछ । यस वर्ष पनि बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

बैंकले भदौं २६ गते देखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको जनाएको छ । सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था रहने छ । ।

प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने सकिनेछ । काठमाडौं उपत्यका बाहिर पनि आवश्यकता अनुसार नयाँ नोट सटही ब्यवस्था हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्