लघुबीमा कम्पनीको संस्थापक सेयरधनी बन्न गरिमा विकास बैंकको आह्वान

काठकाडौं । गरिमा विकास बैंकले लघुबीमा कम्पनी सन्चालन गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी तथा सुबेच्छुकहरुको अगुवाईमा लघुबीमा कम्पनी खुल्ने भएको हो ।
बुधबार एक सूचना जारी गर्दै गरिमा माइक्रोइन्स्योरेन्स संस्थापना तयारी समितीले नेपालको बीमा नियमनकारी निकाय, बीमा समितिद्धारा भदौ १० गते ‘लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धि आव्हानको सूचना प्रकाशन गरेकोले गरिमा विकास बैंकका संस्थापक शेयरधनी तथा शुभेच्छुकहरुको पहल एबं अगुवाइमा गरिमा माइक्रो लाइफ तथा गरिमा माइक्रो जनरल इन्स्योरेन्स कम्पनीहरु संस्थापना प्रक्रियामा इच्छुक भई नाम दर्ता गराउनु भएका सम्भाव्य संस्थापकहरुलाई उक्त आव्हानको सूचनामा उल्लेख भएका तपशिल बमोजिमका कागजातहरु सहित तोकिएको मध्ये आफुलाई पायक पर्ने स्थानमा स्वयं उपस्थित भई कागजात पेश र अद्यावधिक गर्न अनुरोध गरेको छ ।
