राष्ट्रिय वाणिज्य बैंकले गोरखाका तीन पालिकामा सहुलियतपूर्ण कर्जा प्रदान गर्ने « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

राष्ट्रिय वाणिज्य बैंकले गोरखाका तीन पालिकामा सहुलियतपूर्ण कर्जा प्रदान गर्ने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गोरखाका तीन पालिकामा सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र गोरखाको गोरखा नगरपालिका, भीमसेन थापा गाउंपालिका, बारपाक सुलिकोट गांउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सहमति भएको हो ।सहमति पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउंपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गांउपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेका हुन् ।


सहमतिपछि पालिकाले आफ्नो क्षेत्रमा उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ ।साथै उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । सहमतिले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्र्तगत व्यवसाायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।


समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यसले उद्यमी र बैंकबीचको खाडल हटाउन सहयोग पुग्ने बताए । गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगरले नगरपालिकाले कृषिमा व्यवसायीकरण, पर्यटन र साना उद्योगको प्रवद्र्धनमा लिएको नीति तथा कार्यक्रम लागू गर्न सघाउ पुग्ने बताए । भीमसेन थापा गाउंपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले सम्झौताले उद्यमशीलता बढाई गरिबी हटाउन सहयोग पुग्ने बताए । बारपाक सुलिकोट गांउपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बारपाक २०७२ सालको भुकम्प पिडित क्षेत्र भएकाले पालिका क्षेत्रको आर्थिक पुर्नउद्धारमा सहयोग पुग्ने बताए ।


कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा प्रकाश पारे । कार्यक्रममा संविधानसभा सदस्य कृष्ण धितालले सम्झौता कार्यन्वयनको लागि शुभकामना व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्