श्रृजनशील लघुवित्तको आइपीओ पाउन भाग्यको भर, ३४ गुणा बढीको आवेदन

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओमा तेस्रो दिन बिहानसम्म ३४.४९ गुणा बढीको आवेदन परेको छ । दिनसम्ममा १ अर्ब रुपैयाँ भन्दा बढी संकलन भएको छ । सीडीएसका अनुसार शुक्रबार बिहान १० बजेसम्ममा १२ लाख ९ हजार ३०७ जनाले १ करोड ३४ लाख ४९ हजार ८७० कित्ता बराबरको १ अर्ब ३४ करोड ४९ लाख ८७ हजार रुपैयाँको साधारण सेयर माग भएको हो
लघुवित्तले बुधबार (भदौ १५ गते) देखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आईपीओ निष्कासन गरेको हो । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको छ । कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधि भित्र माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन । यसका साथै सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको