श्रृजनशील लघुवित्तको आइपीओमा २ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

श्रृजनशील लघुवित्तको आइपीओमा २ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओमा अन्तिम दिन (भदौ १९ गते) २ अर्ब ९ करोड ६४ लाख ५ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार अन्तिम दिन (भदौ १९ गते) आइतबार साझँ ५ बजेसम्ममा १९ लाख ५ हजार १८६ जनाले २ करोड ९ लाख ६४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् ।

लघुवित्तले भदौ १५ गतेदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आईपीओ निष्कासन गरेको थियो । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

। आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको


प्रतिक्रिया दिनुहोस्